अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

कंगोमा बम बिस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु, १३ जना घाईते

बिआरटीनेपाल २०७८ पुष ११ गते ७:२० मा प्रकाशित

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा बम बिस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । कंगोको पुर्वी क्षेत्रका रहेको बेनी शहरस्थित एक रेष्टुराँमा भएको आत्मघाती बिस्फोटमा १३ जना घाइते भएका छन् । क्रिसमस मनाइरहेका भिडभाड माँझ बिस्फोटक पदार्थ सहित प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराउँदा उनी सहित अन्य ५ जनाको मृत्यु भएको हो ।

घटनाका बेला रेष्टुराँमा रहेकाहरुबीच भागदौड मच्चिएको थियो । बिस्फोटका कारण रेष्टुराँ पुर्णरुपमा क्षतिग्रस्त भएको छ ।घटनाको जिम्मेवारी कसैले नलिएपनि कंगोको एलाइड डेमोक्रेटिक फोर्सले बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ । घटनापछि कंगोमा आपतकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू