अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

चुनावसम्मै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी

बिआरटीनेपाल २०७८ पुष १० गते ६:२१ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले चुनावसम्मै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ ।शनिबार विराटनगरमा अध्यक्ष ओलीले आफ्ना माग पूरा गर्न सभामुखले आनकानी गरेकाले निर्वाचनसम्म संसद चल्न नदिने बताउनुभयो । आफूहरूले पार्टीबाट निश्कासन गरेका मान्छेहरूलाई राखेर सरकारले बोलाएको सर्वदलीय बैठकमा पनि नजाने अध्यक्ष ओलीको जिकिर छ ।

अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुपर्ने बताउनुभयो । यस क्रममा सरकारले हालसम्म एमसीसीको बारेमा आफ्नो नीति ल्याउन नसक्नु सरकारको कमजोरी भएको उहाँको भनाइ छ । गठबन्धन दलभित्रका एमसीसीबारे पार्टीहरूको आ–आफ्ना छुट्टै नीति भएकाले अन्योल बनेको उहाँको धारणा थियो । तर, एमसीसीको बारेमा पहिले सरकारको धारणा आएपछि मात्रै आफूहरूले केही बोल्ने ओलीले बताउनुभयो ।

जसपाबाट निर्वाचित जहदा गाउँपालिका–७ का वडाध्यक्ष भगवानलाल बेसरालाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली मोरङ पुग्नुभएको हो । अध्यक्ष ओलीले एमालेको १०औं महाधिवेशनपछिका तीन महिना पार्टी प्रवेशको अभियान चलाउने घोषणा गर्नुभएको थियो । यसअघि जनता समाजवादीको तर्फबाट वडा नं ४ का अध्यक्ष जयनरथ गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू