अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

काँग्रेस सभापति पदको लागि पाँच जनाबीच प्रतिस्पर्धा हुने

बिआरटीनेपाल २०७८ मंसिर २६ गते ६:४४ मा प्रकाशित

नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदको लागि वर्तमान सभापति शेरबहादुर सहित ५ जनाको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । हिजो सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ, युवराज न्यौपानेले उम्मेद्वारी दिनुभएको थियो । तर आज न्यौपानेले सभापतिका उम्मेद्वार कोइरालालाइ समर्थन गर्दै उम्म्ेद्वारी फिर्ता लिएपछि अब ५ जनामा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसपटकको महाधिवेशनमा लामो समयदेखि सँगै रहेका नेताहरु पनि अलग, अलग प्यानलमा परेका छन् । देउवाको प्यानलबाट उपसभापतिमा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नुभएको छ । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बन्नुभएको छ । यस्तै, सभापतिमा उम्मेद्वारी दिनुभएका अर्का नेता निधिको प्यानलबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीको उम्मेदवारी दर्ता भएको छ ।

सभापतिमा उम्मेद्वारी दिनुभएका कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापा रहनुभएको छ । नेता प्रकाशमान सिंह पनि चुनाबी दौडमा रहनुभएको छ । सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्मा रहनुभएको छ । प्रवक्ता शर्मा लामो समय सभापति शेरबहादुर देउवाको प्यानलमा रहनुभएको थियो । काँग्रेसमा भोली मतदान हुने छ । महाधिवेशनले १४ पदाधिकारी सहित १ सय ६८ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू