अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२० | Colorodo: 10:35

दुई मुक्तक

नवराज न्यौपाने 'मौन' २०७८ मंसिर १७ गते १३:२५ मा प्रकाशित

।। १ ।।
आकाश त छोएँ मैले जूनलाई छुन बाँकी छ
कसैको नि भइन म त तिम्रो हुन बाँकी छ
आफ्नोपन नआए नि निराश छैन कत्ति पनि
अश्रुधारा बगाएर मुहार धुन बाँकी छ

।। २ ।।
डुलाउने नि आफ्नै हुन्छन् ,भुलाउने नि आफ्नै
लडाउने नि आफ्नै हुन्छन्, सडाउने नि आफ्नै
विश्वासमा अडेपछि के के हुन्छ के के
चिढाउने नि आफ्नै हुन्छन् ,पढाउने नि आफ्नै