अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

अदालतको अवस्था गम्भीर, विश्वको ध्यान नेपालतिर छ – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ मंसिर १५ गते ७:०३ मा प्रकाशित

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले अदालतको अवस्था गम्भीर रहेको बताउनुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आज बुधवार नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले दिएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताउनुभएको हो । उहाँले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकाले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्य प्रणालीसँग सम्बन्धित भएकोले समस्या समाधान हुन अब समय नलाग्ने बताउनुभयो । उहाँले न्यायपालिकाको समस्यालाई राजनीतिक दलहरूले सम्बोधन गर्न सके न्यायपालिकाको गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुने बताउँदै यो विन्दु न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसङ्गतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढङ्गले जाने गरी अघि बढ्ने बताउनुभयो ।

न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी अघि बढ्छ भन्ने कुरा सारा विश्वले हेरिरहेको भन्दै धैर्यताको विन्दुभन्दा टाढा जान नसक्ने उहाँले प्रष्ट पार्नुभयो । उहाँले न्यायपालिकाको समस्या समाधानको कुरा मात्रै नभइ यो आन्दोलन ठूलो विसङ्गति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुन सक्ने बताउनुभयो । अहिले सभामुख बाहिर जानुभएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने प्रचण्डको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू