अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३७ | Colorodo: 08:52

अमेरिकी सहयोग नलिने नेपालको नीति छैन, शुरुको एमसीसी सम्झौता संशोधन बिनानै पारित गर्नुपर्छ – प्रचण्ड

बिआरटीनेपाल २०७८ मंसिर ८ गते ७:२७ मा प्रकाशित

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० पारित गर्नुपर्ने बताउनुभएको छ ।बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताउनुभएको हो । आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नाशबीच भएको एमसीसीको सम्झौता नै पारित गर्नुपर्ने उहाँले बताउनुभयो ।

सुरुमा संसदबाट पारित गर्नुपर्ने गरी एमसीसी सम्झौता नभएको तर पछि ओली सरकारले त्यसलाई परिमार्जित गरेर संसदबाट पास गर्नुपर्ने नीति ल्याएपछि विवाद बढेको प्रचण्डको भनाइ थियो । अमेरिकी सहयोग नेपालले लिँदै आएको र एमसीसी पनि स्वीकार्नु पर्ने उहाँले बताउनुभयो । अमेरिकी सहयोग नलिने नेपालको नीति पनि नरहेको उहाँले जिकिर गर्नुभयो ।

अमेरिकासँग ७५ वर्षदेखि सम्बन्ध रहेको र त्यसबीचमा सबै सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले एमसीसी पनि स्वीकारेर सदनबाट पारित गर्नुपर्ने बताउनुभयो । उहााले संसदबाट पारित गर्ने भन्दै ओली नेतृत्वको सरकारले एमसीसीका केही जटिल बूँदा थपेको दाबी गर्नुभयो । त्यसैले सुरुवाती सम्झौतामा फर्केर यसलाई पास गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू