अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४
| Colorodo: 03:09
सर्वोच्च अदालतका न्यायाधीशहरूले भाेलि (बिहीवार) फुलकोर्ट बैठक राख्न प्रस्ताव गरेका छन् । प्रधानन्यायाधीश बाहेकको फुलकोर्ट बैठकमा बस्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बैठक राख्ने निर्णय प्रधानन्यायाधीशले नै गर्नुपर्ने भएकाले उक्त प्रस्ताव गरेका हुन् ।
यसअघि गत बुधबार बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार पेसी व्यवस्थापन निर्देशन समितिलाई दिनेगरी नियमावली संशोधन गरेको थियो ।
त्यस्तै, न्यायाधीशहरूले आगामी १५ गतेबाट गोलाप्रथा पेसी प्रणालीको अभ्यास थाल्ने मिति पनि प्रस्ताव गरेको छ । प्रधानन्यायाधीश इजलासमा बस्न नहुने र इजलास तोक्न नपाउने भन्दै आएका न्यायाधीशहरूले नियमावलीमा भने प्रधानन्यायाधीशको अध्यक्षतामा दुई वरिष्ठतम न्यायाधीश रहने पेसी व्यवस्थापन निर्देशन समिति प्रस्ताव गरेका छन् ।