अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

बागलुङमा कांग्रेसको भड्किलो अधिवेशन, भद्दा प्रचारको शैलीले पार्टीभित्रै असन्तुष्टि

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ७:०२ मा प्रकाशित

पार्टीको १४औं महाधिवेशनका लागि जिल्लामा गुटगत प्रतिस्पर्धाको आधारमा नेतृत्वको चयन हुने देखिएको छ ।बागलुङको २ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो । निर्वाचन प्रक्रियाबाट जाने भनिएसँगै जिल्लामा आम निर्वाचनको झल्कोक दिने गरी तामझाम गरिएको छ ।

कांग्रेसको वडा र पालिका अधिवेशनमै भद्दा प्रचार भएको भन्दै पार्टीभित्रैका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवमं पूर्व पार्टी सभापति मणिभद्र शर्मा कँडेल, अहिलेको अधिवेशन बढी भड्किलो भएको भन्दै यसको सही व्यवस्थापन गर्न नसकेको नकरात्मक सन्देश जाने बताउनुहुन्छ ।

बागलुङ क्षेत्र नम्बर १ मा संस्थापन पक्षबाट खडकबहादुर थापा र चण्डीप्रसाद शर्मा पौडेल प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् भने क्षेत्र नम्बर २ मा संस्थापन पक्षबाट जोकलाल बुढा मगर र सिटौला पक्षबाट नरजंग घर्ती मगर प्रतिस्पर्धा गरि रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू