अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

काँग्रेसको क्षेत्रीय अधिवेशन जारी

बिआरटीनेपाल २०७८ मंसिर ७ गते ६:४८ मा प्रकाशित

काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिरहेको छ । काँग्रेसले १४ वटा हिमाली जिल्लामा यसअघि नै क्षेत्र र जिल्लाको अधिवेशन गरिसकेको थियो । कुल १६५ निर्वाचन क्षेत्रमध्ये हिमाली जिल्लाका १५ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ भने २५ वटा क्षेत्रमा अधिवेशन हुन बाँकी रहेको छ ।

१० गते दुई वा सो भन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन रहेको र त्यसबेला सम्म सबैले जिल्ला तहसम्मकै अधिवेशन सक्ने गरी काम भइरहेको काँग्रेस निर्वाचन समितिका सदस्य केशब रिजालले सीआईएनलाइ जानकारी दिनुभयो । निर्वाचन समितिका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट त्यहाँको जनसंख्याको आधारमा २५ देखि २७ जना सम्म महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । यसरी देशभरका १६५ निर्वाचन क्षेत्रबाट करिब ४५ सय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

यसैबीच सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि डडेलधुरा जिल्ला अधिवेशनमा चुनाव लडेरै महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । सभापति देउवाले खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित १० मध्ये सर्वाधित मत प्राप्त गर्नुभएको छ । देउवा पत्नी आरजु देउवा राणा भने सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू