अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

चितवनमा माओवादीको शक्ति प्रदर्शन, माओवादीले सरकार चलाएको अध्यक्ष प्रचण्डको दाबी

बिआरटीनेपाल २०७८ मंसिर ६ गते ६:३६ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले चितवनमा शक्ति प्रदर्शन गरेको छ । ‘समृद्धि भरतपुरका लागि विकास बहस’ नाम दिइएको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित सात जना क्याबिनेट मन्त्री सहभागी भएका छन् । नेकपा (एमाले)को दशौं महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा माओवादीले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै माओवादी अध्यक्ष दाहालले देशमा राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको उद्घोष गर्नुभयो । देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय शक्ति’का रूपमा स्वीकारिएको उहाँको दाबी छ ।

माओवादी कमजोर हुँदा र सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको भन्दै उहाँले एमाले सबैभन्दा ठूलो प्रतिक्रियावादी शक्ति भएको टिप्पणी गर्नुभयो । अहंकार र दम्भले ग्रस्त भएका तत्वलाई बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पु¥याउने कामको अगुवाई माओवादीले नै गरेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री जनार्दन शर्माले भरतपुरमा अलपत्र परेका र रोकिएका योजनालाई गति दिन आफ्नो मन्त्रालयबाट पूर्ण सहयोग रहने बताउनु भयो । त्यस्तै पर्यटनमन्त्री प्रेम आलेले चितवनको पर्यटन क्षेत्रलाई उकास्न सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू