अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 06:40

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८ लाख नाघ्यो, थप २ सय ३८ जनामा संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ मंसिर ५ गते ६:१६ मा प्रकाशित

नेपालमा (कोभिड–१९) कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८ लाख जना नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ३ सय ५९ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख १९ हजार १९ जना र एन्टिजेन विधिबाट ९५ हजार तीन सय १४ जना गरी कुल ९ लाख १४ हजार ३ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा एन्टिजेनबाट पुष्टि भएको विवरण छुट्टै सार्वजनिक गरे पनि उनीहरू निको भएको विवरण भने सार्वजनिक गरेको छैन ।

यस्तै पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा १ जना सङ्क्रमितको ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४ सय ९६ पुगेको छ । अहिले नेपालमा ७ हजार १ सय ६४ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा ७९ लाख ६ हजार ३ सय ६९ जनाले पूर्ण मात्रा र ९१ लाख २० हजार १४ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू