अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

“सत्तारुढ दलहरु कांग्रेसको औंला नसमाति हिँड्नै सक्दैनन्” – एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ६:५२ मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ केही दलहरू कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले एमालेले भने कसैले बैशाखी नटेक्ने र आगामी निर्वाचनमा विजय हासिल गर्ने दावी गर्नुभयो । नेपाल संवत् ११४२ को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले कांग्रेसको औंला समातेर हिँडन पल्केकाहरूलाई कांग्रेसले कहिलेसम्म औंला दिने हो भन्ने थाहा नभएको पनि बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र निर्माणका लागि पनि एमाले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको दोहोर्याउनुभयो ।

अध्यक्ष ओलीले ‘इतिहास झल्कने, आधुनिकता टल्कने’ गरी सम्पदाहरूको पुनर्निर्माणमा आफूहरूले जोड दिएको स्मरण गराउनुभयो । उहाँले चाडपर्वै पिच्छे फरक–फरक धुन हुने मुलुक नेपालबाहेक विश्वमा कहीँ पनि नभएको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू