अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

“प्रचण्ड र माओवादीलाई सिध्याउन सम्भव छैन” – प्रचण्ड

बिआरटीनेपाल २०७८ मंसिर ४ गते ६:५४ मा प्रकाशित

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताउनुभएको छ । रौतहटको कटहरियामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले माओवादी र आफूलाई सिध्याउन चितवनमा महाधिवेशन गर्न लागे पनि जनताका तागतअघि केही नलाग्ने चेतावनी दिनुभयो ।

एमाले चितवनमा प्रचण्ड र माओवादीलाई माया गर्न नभई सिध्याउन गएको उल्लेख गर्दै उहाँले जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही नलाग्ने दावी गर्नुभयो । माओवादीले जित्ने र आउने निर्वाचनमा माओवादी पार्टी ६४ सालको जस्तै १ नम्बर पार्टी बन्ने पूरै सम्भावना रहेको उहाको भनाई छ ।

चितवनमा केही दिन अघि मात्रै एउटा सानो पार्टीको महाधिवेशन भएको र अर्को अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्ने तयारी गरेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रचण्डले रौतहटवासीलगायत माओवादी नेता, कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न निर्देशन दिनुभयो ।

संविधानमार्फत ग्यारेन्टी गरेको संघीयता, समावेशी, समानुपातिक अधिकारलाई बचाउन माओवादीले आगामी चुनाव जित्नु पर्ने भन्दै उहाँले आक्रमक भएर अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू