अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

एमालेको प्रतिनिधि चयन सम्पन्न, केन्द्रीय कार्यालयमा बुझाइयो १९ सय ९९ जनाको नाम

बिआरटीनेपाल २०७८ कार्तिक ३० गते ६:४२ मा प्रकाशित

नेकपा एमालेको १० औँ महाधिवेशनका लागि प्रतिनिधि चयन सम्पन्न भएको छ । गत शनिबारदेखि जारी प्रतिनिधि चयनको क्रम मंगलबार सकिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।

चयन भएका प्रतिनिधिको विवरण मंगलबारसम्म केन्द्रीय कार्यालयमा बुझाइसक्ने महाधिवेशनको कार्यतालिका थियो । पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५/१५ जना निर्वाचित हुने छन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।

विधान महाधिवेशन सकाएको एमालेले अबको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू