अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५९ | Colorodo: 03:14

अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाईयो

बिआरटीनेपाल २०७८ कार्तिक २४ गते ६:५४ मा प्रकाशित

छठ पर्वको मुख्य दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । आज छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

यो वर्ष कोरोना भाइरस (कोभिड—१९) संक्रमण जोखिम कम भएकोले गत वर्षको तुलनामा भक्तजन बढी भेला भएका थिए । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन् ।

आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू