अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

नेपालमा थप ४ सय ८ जनामा कोरोना सङ्क्रमण, ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक १४ गते ८:०३ मा प्रकाशित

गत २४ घण्टामा देशभर ४ सय ८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । भने ५ सय १८ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ९९ जनामा गरिएको कोरोना परीक्षणमा ४ सय ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८ जनाको मृत्यु भएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय ७६ जना रहेको छ भने निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू