अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

“ओली बालुवाटाबाट बालकोट जानु भनेको ठूलो हार हो” – प्रचण्ड

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ७:५९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको छ । आज शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिलाई निरङ्कुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिनुभएको हो । उहाँले ओली प्रवृत्ति नेपाल र नेपाली नागरिकका लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताउनुभयो ।

ओली बालुवाटारबाट बालकोट जानु भनेको ठूलो पराजय भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले मातम (शोक) छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको उहाको आरोप थियो । प्रचण्डले ओली प्रवृत्तिलाई मलामी जाँदा हाँस्ने प्रवृत्ति भएको तर्क गर्नुभयो ।

अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताउनुभयो । समाज र देश विकासका लागि वाम गठबन्धन भए पनि त्योअनुसार काम हुन नसकेको उहाको भनाई थियो । अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू