अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको विभिन्न सहरमा देउसी-भैलो कार्यक्रमको आयोजना हुँदै

बिआरटीनेपाल २०७८ कार्तिक ९ गते १३:१७ मा प्रकाशित

नेपालीहरूले दोश्रोे महान् चाड दीपावलीको अवसरमा कोलोराडो निवासी नेपाली भाषी समुदायहरूले नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) को सहयोगार्थ विभिन्न सहरमा देउसी-भैलो खेल्दै दीपावलीको शुभकामना आदान प्रदान गर्ने भएका छन् ।

कोलोराडोमा नेपाली घरको आयोजनामा नेपाली भाषा, संस्कृति, रीतिरिवाज तथा भेष भूषाको संरक्षण, संवर्द्धन र पहिचान जोगाउने उद्देश्यको साथ हरेक वर्ष देउसी-भैलो लगायत विभिन्न कार्यक्रमको आयोजना हुँदै आएको छ । यस वर्ष विशेष गरी नेपाली सांस्कृतिक केन्द्रको लागि खरिद गर्न लागिएको प्रोपर्टी अहिले कोलोजिङ प्रक्रिया पुगेको अवस्थामा यथाशीघ्र जतिसक्दो धेरै पैसा जम्मा गर्नुपरेको र यस अभियानमा सबै नेपाल भाषीलाई जोड्ने अभिप्रायले यहांस्थित सबै सङ्घ-संस्था तथा समाजसेवीहरूको सहयोगमा देउसी-भैलो खेल्न लागिएको हो ।

कोलोराडोको सबै क्षेत्रमा बसोबास गर्नुहुने नेपाली भाषी समुदायलाई सगट्ने गरी छुट्टा छुट्टै क्षेत्रमा देउसी-भैलो खेल्न लागिएको संस्थाका अध्यक्ष लछुमन रानाले बताएका छन् । यसरी देउसी भैलो खेलिने स्थानहरूमा,

१) नोभेम्बर २ तारीक, मङ्गलवार (साँझ ६ बजे देखी १० बजेसम्म)
स्थान: Zaika Indian Cuisine,
51 Eire Parkway,
Erie CO 80516

लङमन्ट हिमालयन लायन्स क्लब, रक्कि माउन्टेन फ्रेन्ड्स अफ नेपाल, ब्लड डोनर्स अफ अमेरिका र इरीबासी नेपाली भाषी समुदायको प्रत्यक्ष सहयोग र सहकार्यमा लङमन्ट, बोल्डर, ईरी, फेड्रीक, लाफियत लगायतका स्थानमा बसोबास गर्नुहुने समुदायलाई लक्षित गरी Zaika Erie मा खेलिन लागेको कुरा नेपाली घरका संस्थापक अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले बताएका छन् ।

२) त्यसै गरी कोलोराडोको मध्य भाग ब्रुमफिल्ड, थ्रोन्टन, वोस्टमिनिस्टर, कमर्स सिटी, लेक्वुड र डेनवर क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षित गरी सिस्टर ग्रुप कोलोराडो, NRN CO च्याप्टर र INLS CO च्याप्टरको सहयोग र सहकार्यमा देउसी-भैलो खेल्न लागिएको कुरा सिस्टर ग्रुपका संयोजक धन पौडेलले बताएकी छन् । तिन-चार दिनसम्म खेलिन लागेको यस देउसी-भैलो कार्यक्रम घर घरमा गर्न चाहनु हुनेहरूको घर-घरमा गएर तथा केही स्थानहरूमा टोल-टोलमा खेलिने योजना रहेको नेपाली घरका महासचिव वसन्त लम्सालले बताएका छन् ।

३) यसै गरी नोभेम्बर ३ तारिक, बुधवार (साँझ ६ बजे देखी राती १० बजेसम्म) कोलोराडोको दक्षिणी क्षेत्र अरोरा, सेन्टीनियल, पार्कर क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षित गरी Arboretum Clubhouse, 4895 S Tibet St, Aurora CO 80015 मा देउसी-भैलो खेल्ने कार्यक्रम रहेको छ ।

अरोरा तथा सेन्टीनियलबासी नेपालीभाषीहरुको सहभागिता र सहकार्यमा खेलिने यस देउसी भैलो कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न नेपाली घरका उपाध्यक्ष जगदीशचन्द्र ढकालको संयोजकत्वमा १७ सदस्सीय मूल समिति तथा अन्य विषयगत समितिहरू गठन भएको कुरा उपाध्यक्ष ढकालले बताएका छन् ।

4) यसै गरी ग्रीली, फोर्ट कलिन्स र कोलोराडो स्प्रिङ क्षेत्रका नेपाली भाषी समुदायलाई पनि समेटेर देउसी-भैलो खेल्ने व्यवस्था मिलाउनको लागि स्थानीय समाजसेवीहरुसँग समन्वय गर्ने जिम्मेवारी अध्यक्ष लछुमन राना र आर्थिक समितिका सल्लाहकार प्रकाश सिटौलालाई दिइएको छ ।

नेपाली संस्कृती परम्परा अनुसार कार्तिक महिनामा आफूले सकेको दान गर्दा ग्रहदशा काटिने तथा पुण्य कमाइने बताइन्छ । यस्तो अवसरमा आफूले सकेको दान गर्दा खरिद प्रक्रियामा रहेको नेपाली सांस्कृतिक केन्द्रलाई आर्थिक सहयोग पुग्नुकाे साथ साथै, यहाँ जन्मे हुर्केका पुस्तालाई हाम्रो रहनसहन, भाषा, सस्कृती तथा भेष भूषाको जानकारी गराउन तथा यहाँका स्थानीय बासिन्दाहरूलाई नेपाली भाषा र संस्कृतिको पहिचान गराउन समेत मद्दत पुग्ने कुरा नेपाली घरका सल्लाहकार टिका सिटौलाले बताएका छन् । कार्यक्रमले मातृभूमि प्रतिको कर्तव्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको सस्कृती पहिचान गराउने उनको दाबी छ ।

देउसी-भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्नुहुने सबै समुदायका गन्यमान्य, कलाकार, पत्रकार, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारण सबैलाई आमन्त्रण गरिएको छ । हाम्रो धर्म, संस्कृति संरक्षण र पहिचान गराउन पाइने यस्तो अवसरमा, आयोजकहरूले सकेसम्म सबैलाई आ-आफ्नो जातीय पहिरन लगाई, बाल बलिकाहरुलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने बताबरण बनाई दिनुहुन आग्रह गरेका छन् । छुट्टै जातीय पहिरन नहुनेहरूले सकेसम्म पुरुषहरू दौरा सुरुवाल र महिलाहरू साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनुहुन समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया