अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

कोलोराडोमा पुरुषोत्तम न्यौपाने साङ्गीतिक साँझ सम्पन्न

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ११:५७ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखा र एनआरएनए, कोलोराडो च्याप्टरद्वारा दसैँ र तिहारको उपलक्ष्यमा नेपाली भाषा पाठशाला सहयोगार्थ संयुक्त रूपमा आयोजना गरिएको पुरुषोत्तम न्यौपाने साङ्गीतिक साँझ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले आफ्नो चर्चित दोहरी गीतहरू गाएर उपस्थित दर्शकहरूलाई नचाएका थिए भने कोलोराडोका स्थानीय कलाकारहरू दीपक गौतम र सम्झना पाण्डेले पनि थुप्रै चर्चित गीतहरू गाएर दर्शकहरूलाई मन्त्रमुग्ध परेका थिए ।

एनआरएनए, कोलोराडो च्याप्टर उपाध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य दिएर सुरु भएको कार्यक्रममा उपस्थित दर्शकहरू र सहयोगीहरूलाई अनेसास, कोलोराडो शाखाको अध्यक्ष राजु सिटौलाले धन्यवाद दिएका थिए । कार्यक्रममा भएको सबै खर्चहरूको हिसाब भई नसकेकोले टिकट बिक्री मार्फत भएको आम्दानीको विवरण आउन बाँकी रहेको तर कार्यक्रममा नेपाली भाषा पाठशालाको सहयोगार्थ सहयोग प्रदान गर्ने दाताहरूबाट जम्मा $५,११२ प्राप्त भएको जानकारी एनआरएनए, कोलोराडोका अध्यक्ष आरसी पन्तले दिएका छन् । यसरी भाषा पाठशालाको लागि सहयोग गर्ने प्रमुख दाताहरुमा जिपीएम एम्पाएर भलेरो ($१०००) र सिस्टर्स ग्रुप, कोलोराडो ($९०६) छन् ।

कार्यक्रममा जिपीएम एम्पाएर भलेरोका टेरिटोरी म्यानेजर क्यासी क्लार्क र कोलोराडोको कङ्रेसनल उम्मेदवार निल वालियाले शुभकामना सन्देश दिएका थिए । यसै गरी नेपाली घर कोलोराडोका अध्यक्ष लछुमन रानाले नेपाली घर बनाउने प्रक्रिया कहाँ पुगेको छ भन्ने सम्बन्धमा उपस्थित दर्शकलाई जानकारी गराएका थिए । कार्यक्रममा नेपाली भाषा पाठशालाको लागि सहयोग गर्ने दाताहरुलाई र गायक गायिकाहरूलाई कार्यक्रमका प्रमुख संयोजक वासुदेव खनालले प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाका महासचिव किरण अधिकारीले गरेका थिए ।

कार्यक्रममा उपस्थित अन्य संस्थाहरूको प्रतिनिधिहरूमा एनारनए केन्द्रीय सदस्य राज ढुङ्गाना, एनआरएनए, अनररी काउन्सिल सदस्य प्रकाश सापकोटा, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल, सिस्टर्स ग्रुपका संयोजक धन पौडेल, अनेसास पूर्व अध्यक्ष ज्ञानेन्द्र गदाल, अनेसास केन्द्रीय सदस्य तारा अधिकारी, एनआरएनए, कोलोराडो च्याप्टर पूर्व अध्यक्ष कुमारजंग कार्की आदी थिए ।

माथिको फोटो: सोसियल मेडिया

तलको फोटो: भरत कुमार श्रेष्ठ

प्रतिक्रिया