अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

एमालेको १० औं महाधिवेशन चितवनमा हुने

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:०० मा प्रकाशित

नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १०–१२ गतेसम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उनहाँका अनुसार समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, राजन भट्टराई, काशीनाथ अधिकारी, देवी ज्ञवाली, सीता पोखरेल, आनन्द पोखरेल, कृष्णभक्त पोखरेललगायत छन् । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक÷एक जना प्रतिनिधि रहने ज्ञवालीले बताउनुभयो ।

यसअघि असोज दोस्रो साता भएको विधान महाधिवेशनको समापनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन बुटवलमा हुने बताउनुभएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू