अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

पार्टीको आगामी सम्मेलनको बारेमा माओवादी केन्द्रले थाल्यो छलफल

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:२९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले पार्टीको आगामी सम्मेलनको बारेमा छलफल सुरु गरेको छ । आज केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको विषयमा छलफल भएको हो ।

प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरू गठनको विषयका बारेमा छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । उहाँले बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरू उठेपनि निष्कर्षमा पुग्न नसकेको भन्दै बैठकमा उठेका कुराहरूलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने बताउनुभयो ।

पार्टीको अर्को स्थायी कमिटीको बैठक भोलि बिहान ८ बजे बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू