अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

नेपालमा थप १ सय ४७ जनामा कोरोना पुष्टि, ८ सय ४५ जना निको

बिआरटीनेपाल २०७८ असोज ३० गते ५:३७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ सय ४५ जना निको भएका छन् । एक हजार सात सय ७३ जनाको नमूना परीक्षण गर्दा जम्मा एक सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज परीक्षण गरिएका नमूनामध्ये आठ दशमलव २९ प्रतिशतमा संक्रमण देखिएको छ । अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ९८ हजार आठ जना पुगेको छ । यस्तै थप आठ सय ४५ जनासहित संक्रमणमुक्त हुनेको संख्या सात लाख ८० हजार सात सय ७६ जना पुगेको छ । २४ घण्टामा थप एकजनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार दुई सय ७८ जना पुगेको छ ।

अहिले १२ हजार पाँच सय ९८ जना सक्रिय संक्रमित रहेकोमा तीन सय सात जनाको आईसीयू र ९७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू