अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

विजया दशमी- मान्यजनबाट टीका तथा जमरा लगाइ हर्षाेल्लासपूर्वक दशैँ मनाइँदै

बिआरटीनेपाल २०७८ असोज २९ गते ३:३१ मा प्रकाशित

दशैँको मुख्य दिन (विजया दशमी) आज मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दशैँ मनाइँदै छ । आज बिहान ८ : १९ बजे देवी विसर्जन गरी १० : ०२ बजेको शुभ साइतमा टीका लगाइएको हो ।नेपालीहरुको महान चाड विजया दशमी (बडा दशैँ) मा आज देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दशैँ मनाउने गर्छन् ।

आज दिनभर दुर्गा देवीको प्रसाद ग्रहण गर्ने साइत भएपनि बिहान १० : ०२ मा शुभ साइत रहेको थियो । घटस्थापनाको दिनदेखि नौ दिनसम्म दशैँ घरमा राखिएको जमरासहितको टीका लगाउने र दशैँघरमा राखिएको कलशको जलको अभिषेक लिने गरिन्छ । नेपालीहरु विशेष गरेर दशैँमा पिङ खेल्ने तथा परिवारजनमा बसेर मिठाे मसिनाे खाइ रमाइलो गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू