अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

कास्कीको घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असोज २५ गते ७:४६ मा प्रकाशित

कास्कीको घान्द्रुकमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा उनीहरुको ज्यान गएको हो । पोखराबाट पर्यटकीय क्षेत्र अन्नपूर्ण–११ घान्द्रुक जाँदै गरेको गाडीमा सवार चालकसहित ९ जना मध्ये ८ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षका खुसीमान क्षेत्री, काठमाडौं महानगर ३ गोंगबुका १८ वर्षका जिनलव घिसिङ, २४ वर्षका सुजा चौधरी, २० वर्षका लिजा चौधरी, २० वर्षका सुमन चौधरी, २२ वर्षका अचुतम काफ्ले, १८ वर्षका आशिष आले र गोरखा घर भई हाल काठमाडौं ३ गोंगबु बस्ने २७ वर्षका विनय क्षेत्री रहेका छन् ।

दुर्घटनामा परी एक जना घाइते भएको पनि बताइएको छ । घाइते काठमाडौं गोंगबुका २० वर्षका देबिका घिसिङलाई उपचारका लागि अस्पताल लगिएको छ । नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको भाडाको जिप अन्नपूर्ण–१० कलाभिरमा दिउँसो २ बजेतिर दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू