अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४१ | Colorodo: 00:56

अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेसमा नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंहको अन्तर्वाता सहित तस्बिर प्रकाशित

विजय थापा २०७८ असोज २१ गते ६:२२ मा प्रकाशित

डिसी ।अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेसमा नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंहको अन्तर्वाता सहित तस्बिर प्रकाशित भएको छ । गत अगस्त महिनामा सम्पन्न भएको उक्त प्रतियोगितामा आफ्नो समूहको उत्कृष्ट रहन पुगेका सिंह उक्त प्रतियोगितामा पुग्ने र यसरी प्रसिद्ध पत्रिकामा छापिने अहिले सम्म उनिएक मात्र नेपाली हुन् ।

अमेरिकी पत्रिका फिचर्ड मसल एण्ड फिटनेसले आयोजना गरेको अत्यन्तै प्रतिश्प्रद्धामा उनी शीर्ष ८ मा पुगेका थिए । गत अगस्त मै त्यसको नतिजा आएको र त्यसमा सिंह पर्न नसकेता पनि उनलाई उक्त पत्रिकाले सम्मान साथ उच्च स्थान दिँदै हौसला प्रदान गर्दै पत्रिकाले सिंहको तस्बिरलाई प्रकाशित गरी दिएको छ ।

उक्त पत्रिकामा उनको अन्तर्वार्ता र तस्बिर प्रकाशित भए पछि उनले सबै नेपाली समुदाय र सञ्चार माध्यमलाई विशेष धन्यवाद दिएका छन् । सिंहले नेपालीलाई उक्त पत्रिकामा अवसर र मौका दिएकोमा निकै हर्ष लागेको उनले बताए ।

फिचर्ड मसल एण्ड फिटनेस अमेरिकी पत्रिकामा प्रथम हुनेलाई २० हजार डलर पुरस्कारको साथै विजेतालाई उक्त पत्रिकाले अगाडी तस्बिर प्रकाशित गर्ने समेत घोषणा गरेको थियो ।

उनले जितेमा नेपालको वृद्ध आश्रम तथा बालबालिकालाई केही सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । सिंह हाल टेक्सस राज्यको ड्यालसमा विगत ७ वर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्ख्यौली घर बुटवल हो । उनले अमेरिकामा शारीरिक सुगठनका विभिन्न पुरस्कारहरू प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू