अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

एमाले विधान महाधिवेशनको तयारी सकियो, देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी हुने

बिआरटीनेपाल २०७८ असोज १४ गते ८:०५ मा प्रकाशित

नेकपा एमालेको असोज १५ गते भाेलि शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिएको छ । आज बिहीवार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले भाेलि शुक्रवार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिनुभयो ।

उद्घाटनपछि तीन वटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको संयाेजक भट्टराईले बताउनुभयो । उहाँले विधान महाधिवेशनमा देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी बन्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू