अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

मृतकको नाममा १६ लाख भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

बिआरटीनेपाल २०७८ असोज १३ गते ७:४१ मा प्रकाशित

उदयपुरको रामपुर ठोक्सिला गाविसका तात्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।मृत्यु भइसकेका व्यक्तिको दोहोरो र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा गरी आर्थिक अनियमितता गरेको भन्दै आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

तत्कालीन गाविस सचिवले मृत्यु दर्ता भएपछि मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भर्पाइमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरूका नाममा दोहोरो भर्पाइ बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीपश्चात् छानविन गर्दा १६ लाख ४० हजार ५ सय रूपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू