अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

”एमाले भन्नेबित्तिकै जनताले नाक खुम्च्याउन थाले”: अध्यक्ष माधव नेपाल

बिआरटीनेपाल २०७८ असोज ३ गते ७:५२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई जनताले सजाय दिने दाबी गर्नुभएको छ । आइतबार पोखरामा कास्की जिल्ला स्तरीय कार्यकर्ता भेला एवं विचार गोष्ठीमा अध्यक्ष नेपालले ओलीले पटक पटक संविधानमाथि आक्रमण गरेकाले सजाय पाउने उल्लेख गर्नुभयो । संविधान दिवसको अवसर समेत पारेर समाजवादीले गरेको कार्यक्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला ऐतिहासिक भएको टिप्पणी समेत गर्नुभयो ।

अध्यक्ष नेपालले असार २८ र फागुन ११ गतेको संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला संविधानवादको दृष्टिमा कोसेढुंगा भएको दाबी गर्नुभयो । आफ्नो पार्टीले संविधान पालना गर्ने प्रतिबद्धता जनाउँदै नेपालले ओलीले पहिलोपटक आफूलाई प्रधानमन्त्रीबाट हटाउँछन् भनेर संसद नै विघटन गरेको दाबी गर्नुभयो ।

एकीकृत समाजवादीलाई जनताको आशा भरोसाको केन्द्र बनाउने र अरु दलभन्दा फरक देखिन कार्यकर्तालाई उहाँले सुझाव दिनुभएको छ । एमाले जनताको नजरबाट खस्किसकेको नेपालको भनाइ छ। ‘एमालेको नाम लिने वित्तिकै जनताले नाक खुम्चयाउन थालेका छन्। जनताको नजरबाट खसेको छ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू