अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१६ | Colorodo: 13:31

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो

बिआरटीनेपाल २०७८ भदौ ३१ गते ७:१६ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघेको छ । गएको २४ घण्टामा ११ जना संक्रमितकोे ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार दुई पुगेको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा १ हजार ५ सय ११ जनामा कोराना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार १ सय ७९ जनाको नमुना परीक्षण गर्दा १ हजार ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ९ दशमलव ९५ प्रतिशतमा संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७० हजार १ सय ७६ पुगेको छ । यही अवधिमा १ हजार ६ सय ८९ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको छ । अहिले नेपालमा २५ हजार ७ सय ७२ जना सक्रिय संक्रमित रहेकामा ४ सय ७ जनाको आईसीयू र १ सय २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू