अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

आमा बिना

रुद्र दाहाल २०७८ भदौ २३ गते ७:१३ मा प्रकाशित

आमा थियौँ घर थियो स्वर्ग झैँ,
तिमि बिना रहेन बाँकी केही!

दैव कस्तो निष्ठुरी रहेछ,
तिमीलाई लिई अन्यत्रै गएछ!

कल्पना नै थिएन बिछोडको,
पिँडा खप्नु पर्‍या छ वियोगको !

टुहुरो भो सम्पूर्ण परिवार,
सम्हाल्नलाई गाह्रो भो घरबार!

दैंब कति सुन्दैन बिलौना ,
फिर्ता ल्याउन धर्तीमा मेरी आमा !

सुखी रहनु हामीलाई छोडे नि,
माया पाउँ स्वर्गमै रहे नि!!!!

 

 

क्यालगरी, क्यानडा

सम्बन्धित सामग्रीहरू