अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

नयाँ वर्षको शुभकामना

रुद्र दाहाल २०७७ पुष १७ गते १२:१४ मा प्रकाशित

फुलोस् फलोस् शान्ति मिलोस्,
नयाँ साल फलदायी बनोस्,
सम्पन्न होउन् बाँकी रहेका कामकाज ,
शान्तिले सबैमा जमाओस् राज।

विगतले नयाँ पाठ सिकायो,
फरक ढङ्गले जिउन बाध्य बनायो,
महामारीको नामले संसारलाई ,
त्राहि त्राहि र क्षतविक्षत बनायो।

नयाँ सालले सबैमा उमङ्ग ल्याओस् ,
दुखेको घाउमा मलम पट्टि लगाओस्,
गुमेका अवसर पुनः प्राप्त होउन् ,
सबैले खुशीसाथ् जिउन पाउन।

विगतको पीडा सम्झना नहोस्,
आशा र भरोसा सबैमा पलाओस्,
नयाँ वर्ष २०२१ ले सबैमा,
आशाको नयाँ दियो जलाओस् ।

*****
क्यालगरी, क्यानडा

सम्बन्धित सामग्रीहरू