अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५५ | Colorodo: 02:10

शुभकामना

रुद्र दाहाल २०७८ वैशाख १ गते ७:१० मा प्रकाशित

नयाँ वर्ष यसपालि तिमि,
धेरै साहसी बनेर आऊ
रोदन, क्रन्दन अनि चित्कार,
भगाउने प्रण लिएर आऊ
कोरोना रोगबाट थकित संसारलाई,
नयाँ ऊर्जा र शक्ति लिएर आऊ
ध्वस्त भएको अर्थतन्त्रलाई,
पुनर्निर्माण गर्ने योजना लिएर आऊ

मानवमा अभाव शून्य हुन लागेको,
मानवता लिएर आऊ
नेपालका नेताहरूमा चलेको गाली दोहोरी बन्द गर्ने,
चाहना र इच्छाशक्ति लिएर आऊ
देश र जनताप्रति उत्तरदायी बन्ने,
उत्तरदायित्व बहन गराऊ

देशमा भएको अस्थिरताको,
अन्त्य गर्ने योजना लिएर आऊ
भ्रस्टचार र कुसंस्कारको अन्त्यको लागि,
आवाज बुलन्द गर्ने साहस लिएर आऊ

विनाश हैन, विकास लिएर आऊ
दुरी हैन, सम्मिप्य्ता लिएर आऊ
युद्ध र विनाश होइन,
मिलन र सद्भाव लिएर आऊ
अनिकाल होइन, सहकाल लिएर आऊ
पिडा र दर्द होइन,
हर्ष र खुसी लिएर आऊ ।

यही छ सबैमा २०७८ सालको नववर्षको शुभकामना !!!
क्यालगरी, क्यानडा

सम्बन्धित सामग्रीहरू