अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

नेपालमा कोरोना संक्रमणदर बढ्यो, एकैदिन ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि, थप २४ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ साउन १९ गते ७:१० मा प्रकाशित

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणदर बढ्दै गइरहेको छ । कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै नेपालमा संक्रमण र मृत्युदर बढ्न थालेको हो । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ७ सय १८ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९४ जना कोरोनाका बिरामी निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय २२ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू