अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०३ | Colorodo: 02:18

नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या साढे ७ लाख नाघ्यो

बिआरटीनेपाल २०७८ साउन १४ गते ७:५८ मा प्रकाशित

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन लागेदेखि नेपालमा कोरोना सङ्क्रमणको दर दैनिक बढ्न थालेको छ । मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ३ हजार ३ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा १४ हजार २ सय ४२ कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख ५० हजार २२ पुगेको छ । यस्तै नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमित थपिनेको तुलनामा निको हुने दर घट्ने क्रममा रहेको छ ।

गत २४ घन्टामा देशभर रहेका संक्रमित मध्ये १ हजार ३ सय ७३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ६ लाख ५० हजार ४ सय ४५ पुगेको छ । गत २४ घन्टामा देशभर थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू