अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०३ | Colorodo: 16:18

मन्त्रीपरिषदको बैठक– प्रदेश प्रमुखको हेरफेर, गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन

बिआरटीनेपाल २०७८ साउन १२ गते ७:१३ मा प्रकाशित

सरकारले प्रदेश प्रमुखहरु हेरफेर गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखहरुको हेरफेर गरेको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको थियो ।

माओवादी केन्द्रले माओवादी नेता अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ । माओवादी केन्द्रको आज बसेको आकस्मिक स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता कुमारी पौडेल प्रदेश प्रमुख नियुक्त गरेको थियो । तर शेरचनलाइ गण्डकीमा पठाउने निर्णय भएपनि लुम्बिनी प्रदेशमा नियुक्त गर्ने तथा गण्डकीको प्रदेश प्रमुखमा पृथ्वी मानसिंह गुरुङ्लाइ नियुक्त गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू