अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

“मन्त्री बनाइदिन सांसदहरुको दबाब आयो”– माओवादी अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:०४ मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदको दबाब आएको बताउनुभएको छ । कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा अध्यक्ष प्रचण्डले पार्टीका सबै सांसदको मन्त्री बनाउन दबाब आएको बताउनुभयो । आफुहरुले धेरैमा ७ जना सम्मलाई मन्त्री बनाउन पाउने भएपनि मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको उहाको टिप्प्णी थियो ।

मन्त्री बनाउन आग्रह गर्नेहरुका कारण आफु तीन चार दिनदेखि मानसिक तनावमा रहेको पनि प्रचण्डले बताउनुभयो । आफुहरु कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने तिर लगाउने जस्तो भएको प्रचण्डको टिप्पणी थियो । अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि नलागेको उहाँको भनाइ थियो ।

संघर्षबाट प्राप्त भएको सबै उपलब्धि गुम्ने हो कि भन्ने अवस्थामा राजनिति आइपुगेको बताउँदै उहाँले संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको दाबी गर्नुभयो । एकपछि अर्को गर्दै केपी ओलीबाट प्रतिगमनकारी घटना भएको बताउँदै प्रचण्डले पुर्व प्रधानमन्त्री ओलीले गरेका हरेक प्रतिगामी र प्रतिक्रान्तिकारी कामलाई तमाम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले साथ दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू