अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

काँग्रेस पदाधिकारी बैठक – अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

बिआरटीनेपाल २०७८ साउन ९ गते ७:०३ मा प्रकाशित

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । स्थानीय तहको अधिवेशन सर्ने तर कहिले सार्ने भनेर मिति भने नतोकिएको नेताहरुले बताएका छन् ।

महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउने सहमति भएको छ । यसअघि वडा अधिवेशन १२ साउन, पालिका अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तोकिएको थियो ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनका लागि तय गरिएको थियो । हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिबेशनको मिति परिवर्तन नहुने गरि तल्लो तहको कार्यतालिका भने संसोधन गर्न सकिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू