अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त

बिआरटीनेपाल २०७८ असार १० गते ८:२९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा पदाधिकारीहरु नियुक्त गर्नुभएको हो ।

अख्तियारको आयुक्तमा हरि पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् । यस्तै, लोकसेवा आयोगमा माधव प्रसाद रेग्मी अध्यक्ष तथा माधब बेल्बासे, बीरबहादुर राई, दिनेश सिलवाल र मञ्जु कुमारी सदस्यका रुपमा नियुक्त हुनुभएको छ । यसैगरी निर्वाचन आयोगको आयुक्तमा सगुन शम्शेर जबरा तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपिनराज निरौलालाई नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला आयोगको सदस्यहरुमा जया घिमिरे र सावित्राकुमारी शर्मा तथा राष्ट्रिय दलित आयोगको सदस्यमा सुन्दर पुर्कुटी नियुक्त हुनुभएको छ ।

यस्तै, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा रामकृष्ण तिमल्सिना, सदस्यहरुमा पुष्पराज तिमिल्सिना, मानप्रसाद खत्रीलाई नियुक्त गरिएको छ । आदिवासी जनजाति आयोगको सदस्यमा सुर्यबहादुर गुरुङ, मधेसी आयोगको सदस्यमा आभाकुमारी, थारु आयोगको सदस्यहरुमा डा. उमाशंकर प्रसाद चौधरी र शान्ति मोदी नियुक्त हुँदा मुस्लिम आयोगको सदस्यमा मोहम्मद समसुल हक नियुक्त हुनुभएको छ । यसैबीच राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू