अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

कोरोना संक्रमणबाट २४ घण्टामा ८१ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असार ९ गते ६:३३ मा प्रकाशित

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप २ हजार ४२१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४२१ जनामा संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको सङ्ख्या ६ लाख २६ हजार ३४३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको सङ्ख्या ५ लाख ६४ हजार ८८२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको सङ्ख्या ५० हजार ५२० जना रहेको छ भने थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ८ हजार ८१३ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू