अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 01:40

एनआरएनए अमेरिकाको निर्वाचन आयोगले २५% प्रतिनिधिको चयन विधि प्रकाशित गर्‍यो

कृष्ण के सी २०७८ असार ९ गते ६:२४ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले सङ्घको अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद् दुवैको विधान अनुरूप अन्तर्राष्ट्रिय महाधिवेशनका लागि तोकिएका मध्ये २५% प्रतिनिधि चयन विधि प्रकाशित गरेको छ।

जुन २२, २०२१ मा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त वासु फुलाराद्वारा जारी विज्ञप्तिमा देहाय बमोजिम निर्वाचन हुने व्यवस्था उल्लेख गरिएको छ। फुलारा अमेरिकी अध्यागमन कानुनका कानुन व्यवसायी पनि हुनुहुन्छ।

सङ्घको राष्ट्रिय समन्वय परिषद्को निर्णयबाट २५% ले हुन आउने ४७ जना प्रतिनिधि चयनको लागि गरिआएको अनुरोधलाई आधार मान्दै निर्वाचन आयोगले विधानको व्यवस्था अनुरूप विधि र निर्वाचन प्रक्रिया प्रकाशित गरेको कुरा उल्लेख गरेको छ।

सङ्घको पञ्जीकृत सदस्य सङ्ख्याको समानुपातमा प्रतिनिधि चयन सम्बन्धी विधि एनसीसी विधानमा उल्लेख सेक्सन १५७ र आइसिसीको विधानको सेक्सन १३.७ र अनुसूची ६ बमोजिमको व्यवस्थालाई आधार मानेर यो विधि तय गरिएको हो। २५% ले हुन आउने जम्मा ४७ जना प्रतिनिधिको चयन विधि सबै भन्दा उपयुक्त र विधि-बिधानपूर्वक रूपमा तय गरेको देखिन्छ।

सङ्घको अन्तर्राष्ट्रिय विधान अनुरूप २५% प्रतिनिधि महाधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था छ।त्यसै गरी राष्ट्रिय समन्वय परिषद् अमेरिकाको विधानमा बाँकी सिटका प्रतिनिधिहरूमा राज्य च्याप्टरले पहिलो प्राथमिकता पाउने भन्ने व्यवस्था उल्लेख छ। यो पटक राज्य च्याप्टर र क्षेत्रका पञ्जीकृत सदस्यका आधारमा चयन हुनेछन्। अब तुरुन्तै आयोगले इलेक्शन भेण्डरको लागि प्रक्रिया सुरु गर्ने कुरा पनि जनाएको छ।

सङ्घको अन्तर्राष्ट्रिय विधान अनुसार अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ६५% प्राथमिकताका आधारमा, २५% निर्वाचनबाट र १०% अध्यक्षले मनोनीत गरेर पठाउने ब्यबाथा छ।

४७ जना प्रतिनिधिहरुहरु मध्ये २०२१-२०२३ निर्वाचनबाट निर्वाचित भएर आएका अमेरिकाका ५० राज्य मध्ये १०० या त्यो भन्दा धेरे पञ्जीकृत सदस्य भएर बनेका २९ वाट राज्य च्याप्टरले निर्णय गरेर पठाएका १/१ जनाहरूले हुन आउने २९ जनाको लागि हुनेछ।

बाँकी १८ जना प्रतिनिधिहरू चाहिँ पञ्जीकृत सदस्यको रेसियोका आधारमा हरेक क्षेत्रबाट प्रत्यक्ष निर्वाचनबाट चयन भएर आउनेछ। यो पटक मतदाता सङ्ख्याका आधारमा निम्न क्षेत्रमा निम्न प्रतिनिधि सङ्ख्या चयन गरिएको छ।
दक्षिण क्षेत्र ५ जना
नर्थ इष्ट क्षेत्र ५ जना
पश्चिममा क्षेत्र ४ जना
मीड वेस्टमा क्षेत्र ४ जना

१८ सिटका लागि प्रतिनिधि हुन चाहने तत् क्षेत्रका मतदाता, एनसीसीका विभिन्न तहमा निर्वाचित, निवर्तमान, पूर्वपदीय व्यक्तिहरूले उम्मेदवारी दिन सक्नेछन्। उम्मेदवार हुने व्यक्ति २०२१-२०२३ का लागि पञ्जीकृत सदस्य कायम रहेको हुनुपर्ने छ। हरेक क्षेत्रका प्रतिनिधिहरूलाई क्षेत्रका मात्र मतदाताहरूले मत दिन पाउने छन्। उम्मेदवारी शुल्क, भोटिङ विधिबारे पछि जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू