अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

एनआरएनएको लाप्राक नमुना बस्ती तयार भयो, वैशाख ९ गत्ते हस्तान्तरण गरिँदै

कृष्ण के सी २०७८ वैशाख ३ गते ९:३८ मा प्रकाशित

अमेरिका । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले गोरखाको लाप्राकमा महाभूकम्पबाट पीडितहरूको लागि निर्माण गरेको नमुना बस्ती तयार भएकाले वैशाख ९, २०७८ मा हस्तान्तरण गरिने भएको छ। गैर आवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्तले २०१५ देखि सुरु गरिएको यो बस्ती स्थानान्तरण र निर्माण कार्य पुरा भएको बताउनु भयो। निश्चित रूपमा लामो समय पर्खनुपर्दा लाप्राकीहरुमा कठिन समय आएको हो तर पनि त्यहाँ निर्माण कार्य एकदम कठिन पनि थियो। कहिले वर्षाले बन्द हुने त कहिले हिउँ परेर ।

यसका अलावा निर्माण सामग्री ढुवानी देखि सरकारी रूपमा पुर्जा तयार गर्ने जस्ता कुरामा पनि केही समय लाग्ने नै थियो। अब भने बस्ती तयार भएको छ र यही ९ गत्ते हस्तान्तरण गर्दैछौं। गोरखाको कठिनाइ आफ्नो जन्म जिल्ला भएकाले पनि आफूलाई घनिभूत थाहा भएको कुरा अध्यक्ष पन्तले बताउनुभयो। यो लाप्राक बस्ती निर्माणमा सङ्घका अग्रजहरू, पूर्व, निवर्तमान र वर्तमान कार्यसमिति, विश्व भरिका सङ्घका राष्ट्रिय समन्वय परिषदहरु, सम्पूर्ण एनअरएनहरु, विश्व नेपाली समुदाय, नेपाली सेना, नेपाल सरकारका निकाय, सङ्घका कर्मचारी, निर्माण पक्ष सबैको योगदान रहेको छ। स्वयं लाप्राहरुकी र स्थानीय गाउँपालिका नेतृत्व लगायत उहाँहरू सबैप्रति आफू र सङ्घ धन्यवादी भएको कुरा पनि अध्यक्ष पन्तले बताउनु भएको छ। हस्तान्तरणका लागि सङ्घका अग्रज, पदाधिकारीहरू, विभिन्न देशका प्रतिनिधिहरू धेरै नेपाल पुगिसकेका र कतिपय पुग्दै हुनुहुन्छ। हस्तान्तरण सम्बन्धी कार्यक्रमको विस्तृत रूपरेखा भने आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू