अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

भेटघाट र महाधिवेशन तयारीको काममा छु, निर्वाचन नतिजा सबै भन्दा राम्रो आउँछ: पन्त

कृष्ण के सी २०७६ असोज २२ गते ६:१३ मा प्रकाशित

अमेरिका, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार कुमार पन्तले भेटघाट र महाधिवेशनको काममा व्यस्त भएको बताए। निर्वाचनमा आफ्नो नतिजाका बारेमा अहिले सम्मको सबै भन्दा नतिजा आफ्नो पक्षमा आउने कुरा उनले बताएका छन्।

याक एन्ड यति होटेलमा केही संचारकर्मी/पत्रकारहरूसँगको छोटो भेटघाटमा उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बनेका कुमार पन्तले सो कुरा बताएका हुन्।पन्तले भने साथीहरूसँग भेटघाट हुँदैछ। महाधिवेशनको चटारो पनि उत्तिकै छ, त्यसतर्फ पनि लाग्दैछु।

हाल सम्म सङ्घका अग्रज, उद्योग-व्यापारी लगायत अन्य पक्षसँग भेटघाट गरिसकेको छु। एक रूपले जारी पनि छदैछ भने महाधिवेशनको लागि आउँदै गरेका प्रतिनिधि साथीहरूसँग पनि भेटघाट गर्दैछु। हाल सम्म मिडल पाइएको प्रतिनिधि साथीहरूको सङ्ख्या र प्रतिनिधित्व हर्दा एक दमै खुसी लागेको छ, पन्तले भने। यो माहौल, अग्रजहरूको पहल र सबै जनाले गरेको प्रयासले यो पटक निर्वाचनको नतिजा उत्कृष्ट आउने कुरामा आफू विश्वस्त रहेको कुरा पन्तले बताएका छन्।

अब केही महत्त्वपूर्ण कार्यक्रमहरूमा सहभागी हेन प्रयास पनि गर्दै गएको र संस्थाका केही प्रोजेक्ट पनि अवलोकन गर्ने कुरा पन्तले बताएका छन्। यसका साथै आफ्नो योजना, सङ्घमा गरेको १५/१६ वर्षको योगदान, साथीहरूको सहकार्य र सबै जनाको सपोर्टले आफू झनै सफल हुने कुरामा पन्तको विश्वास रहेको छ।

फोन, भेटघाट र व्यवस्थापनमा व्यस्त रहेका पन्तसँग भेटघाट गर्नेहरू प्रति ४/५ मिनेटमा ग्रुप-ग्रुपको झुन्ड देखिन्थे। अत्यन्तै सरल स्वभावका पन्तले भेटेका सबैजनालाइ खुसीका साथ जोसिलो बनाएर पठाउँथे। भेटघाटमा केही राजनैतिक र जनसम्पर्क समिति अमेरिकाका व्यक्तिहरू, पूर्व संयोजक विष्णु सुवेदी लगायतका धेरै जना पनि थिए ।

प्रतिक्रिया