अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

गैर आवासीय नेपाली सम्बन्धी ऐनमा सुझाव सङ्कलन गर्न अमेरिकाज क्षेत्रमा कार्यदल गठन

कृष्ण के सी २०७६ कार्तिक २१ गते ८:४६ मा प्रकाशित

अमेरिका, गैर आवासीय नेपाली सम्बन्धी ऐनमा सुझाव सङ्कलन गर्नको लागि अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ। नोभेम्बर ६, २०१९ का दिन क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले आव्हान गरेको बैठकले सो निर्णय गरेको हो।

बैठकमा क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्री उप संयोजक (डिआर्सी) राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक विमला सापकोटा, आइसिसी सदस्यहरू होम गौतम, स्वराज खाती, जेदु पोख्रेल, शङ्कर खड्का, शिवराज पौडेल र तुलसी सापकोटाको उपस्थिति रहेको थियो।

गैर आवासीय नेपाली सङ्घका महासचिवले गैर आवासीय नेपाली सम्बन्धी ऐनमा सुझाव सङ्कलन गर्नको लागि गरेको आव्हानलाई समयमा नै सफलतापूर्वक सम्पन्न गर्नको लागि यो कार्यदल गठन गरिएको हो। आरसी राजन त्रिपाठीको संयोजकत्वमा गठन गरिएको ७ सदस्य कार्यदलले समयमा नै सुझाव सङ्कलन गरी त्यसलाई कम्पायल गरेर आइइएसमा पठाउने छ।

कार्यदलमा राजन त्रिपाठी-आरिसी (संयोजक), राम पोख्रेल-डिआर्सी, उमा कार्की थापा- क्षेत्रीय महिला महिला संयोजक, विमला सापकोटा क्षेत्रीय युवा संयोजक, जेदु पोख्रेल- आइसिसी सदस्य, सुनिल साह- अध्यक्ष एनसीसी अमेरिका र चिरञ्जीवी घिमिरे-अध्यक्ष एनसीसी क्यानडा रहेका छन्।

साथै सो बैठकले अमेरिकाज क्षेत्रबाट आइइएसमा निर्वाचित तिनै जना व्यक्तिहरू उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रबिना थापा र सचिव गौरी जोशीलाई सो सम्बन्धी जानकारी गराउनका साथै बधाई ज्ञापन समेत गर्नेछ।

बैठक पछि आरसी राजन त्रिपाठीले आफ्नो कार्यकालमा एनसीसीहरुलाइ सक्रिय रूपमा अगाडी बढाउने र उनीहरूको सहभागिता बढाउने बताएका छन्। उनले, आपसी कार्यसंपदानको दुरी घटाउने, आम नेपाली समुदायमा सङ्घप्रतिको वितृष्णा हटाउनको लागि काम गर्ने कुरा समेत बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू