अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३३ | Colorodo: 21:48

नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनाको कोरोनाका कारण मृत्यु, २ हजार ४ सय ४२ जनामा संक्रमण

बिआरटीनेपाल २०७८ असार ६ गते ७:५१ मा प्रकाशित

कोरोना भाइरसको महामारीबाट नेपालमा थप ५१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार आइतबार ५१ जनाको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको छ ।

आइतबार २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन् । ६ हजार ६ सय ७७ पीसीआरबाट १४ सय २१ तथा ४ हजार २ सय ४९ एन्टिजेनबाट १ हजार २१ गरी परीक्षणको २२ दशमलव ३५ प्रतिशतमा संक्रमण देखिएको हो ।

नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ४७ हजार ६ सय ५१ रहेको छ । जसमा पीसीआरबाट ६ लाख २१ हजार ५६ तथा एन्टिजेनबाट २६ हजार ५ सय ९५ जना हुन् । आइतबार ३ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएका छन् । यो संगै अहिलेसम्म निको हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ रहेको छ ।

देशका ४२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् । हाल देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमा ५१ हजार ८ सय ३३ जना होम आइसोलेसनमा र ३ हजार ६ सय ९९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसैगरी ८ सय ७१ जना आईसीयूमा र २ सय ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू