अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

गजल

नवराज न्यौपाने 'मौन' २०७८ जेठ ५ गते १०:२४ मा प्रकाशित

(बहरे मुशाकिल मक्बूज असलम)

अपार माया रहेछ तिम्रो, र जिन्दगीले कह्यो मलाई
विदेश आएँ र चोट पाएँ, ल बाँच्न गाह्रो भयो मलाई

बढेछ रोगै हिमाल सारा,र गाउँ टाढा भएछ आज
छ सम्झनामा विशिष्ट माया, र आँसु तिम्रो बह्यो मलाई

कमाउँदैमा रमाउँदैमा, समस्त पीडा भुलेछु साथी
छ जिन्दगानी सधैँ अपुरो, र दुख्न छाती रह्यो मलाइ

हिमाल राम्रो पहाड राम्रो ,विचित्र हाम्रो रहेछ धर्ती
परेर डिभी म आज आएँ, अमेरिकामा छ यो मलाई

रहेछ स्वर्ग हिमाल मेरो ,र भिज्छ आँखा सधैँ रसाई
र चौर पाखा बुबा र आमा, तरेर आँखा गयो मलाई