अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

नेपालमा २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण, थप २ सय १४ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:१८ मा प्रकाशित

गएको २४ घण्टामा नेपालमा ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार १ सय ९८ जना र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ ।

यस्तै कोरोना संक्रमण बाट थप २ सय १४ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र पछिल्लो २४ घण्टामा गरी २ सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ । मन्त्रालयका अनुसार देशभर १ लाख १३ हजार ४ सय ८० जना आइसोलेसन र ७ सय ८ जना क्वारेन्टिनमा छन् । आइसोलेसनमा भएकामध्ये १ हजार २ सय ५९ जना आईसीयूमा रहँदा ४ सय जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू