अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

‘प्रधानमन्त्रीमा नियुक्त भएसँगै ओलीमा एकाएक परिवर्तन, जेठ २ मा फर्कन अनिच्छुक’

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:२९ मा प्रकाशित

नेकपा एमालेका खनाल–नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली जेठ २ मा फर्कने कुराप्रति गम्भीर नहरेको निष्कर्ष निकालेको छ । शनिबारको जुम मिटिङमा सहभागी नेताहरुले ओलीले २०७५ जेठ २ मा फर्कन इन्कार गरेको निष्कर्ष निकालेका हुन् ।

शुक्रवार साँझ सिंहदरवारमा बसेको कार्यदल गठनबारेको छलफलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि बोलाइएकोमा खनाल नेपाल पक्षले आपत्ति जनाएका हुन् । एमालेको आन्तरिक विवादबारेको छलफलमा गृहमन्त्री बादललाई बोलाएर प्रधानमन्त्री ओलीले २०७५ जेठ २ मा फर्कन इन्कार गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह सशंकित बनेको हो । शनिबारको जुम मिटिङमा खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यहरूले गैर एमाले नेतालाई सहभागी गराइएको भन्दै चर्को आवाज उठाएका हुन् ।

जुम छलफलमा बादललाई समेत राखेर कार्यदल गठन र विवाद साँघुर्याउन खोजेपछि ओली सुध्र्रने संकेत नदेखिएको केन्द्रीय सदस्यहरूले निष्कर्ष निकालेका हुन् । बादललाई सहभागी गराएर ओली जेठ २ मा फर्कने कुराप्रति संवेदनहीन बनेको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू