अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२७ | Colorodo: 01:42

नागरिकको बाँच्न पाउने हक सुनिश्चित गर – राष्ट्रिय मानवअधिकार आयोग

बिआरटीनेपाल २०७८ वैशाख ३१ गते ७:३४ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले अस्पतालहरुमा शय्या र अक्सिजन अभावमा नागरिकले मृत्युवरण गर्नु परेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आम नागरिकको स्वास्थ्यसम्बन्धी र बाँच्न पाउने हक सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

महामारी सुरु भएको एक वर्ष बितिसक्दा समेत सरकारले अक्सिजन आपूर्ति बढाउन पहल नगर्दा आम नागरिक जीवन गुमाउन बाध्य भएको आयोगको ठहर छ । कोरोनाभाइरस संक्रमितलाई आवश्यक पर्ने औषधि आपूर्ति हुन नसकिरहेको अवस्थामा बिरामीहरु उपलब्ध औषधि तथा मेडिकल सामग्रीलाई समेत महँगो मूल्य तिर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ लगायत सबै गम्भीर प्रकारका बिरामीहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन, अक्सिजन उत्पादन तथा आपूर्ति बढाउन प्रभावकारी कदम चाल्न, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुकोे सहज आपूर्तिको व्यवस्था मिलाउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्तै, आयोगले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको मनोबल उच्च राख्न तथा न्यून आय भएका वर्गको जीविकोपार्जनको व्यवस्था मिलाउन पनि भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू