अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०१ | Colorodo: 11:16

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, कांग्रेसले प्रधानमन्त्रीलाई समर्थन नगर्ने

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:०१ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली सभापति देउवालाई भेट्न बुढानीलकण्ठस्थित उहाँकै निवास जानुभएको हो ।राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले एमालेले तय गरेको उम्मेदवार वर्तमान गृहमन्त्री रामबहादुर थापाविरुद्ध गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहनुभएका ओली देउवालाई भेट्न जानुभएको हो । भेटमा कांग्रेसले प्रधानमन्त्रीलाई समर्थन गर्न नसक्ने जानकारी गराएको नेता प्रकासशरण महतले जानकारी दिनुभयो ।

लोकतान्त्रिक मूल्य र मान्यताको विषय व्यवहारमा देखिनुपर्ने भन्दै कांग्रेसका नेताहरूले अहिलेकै अवस्थामा सत्ता समीकरणको कुनै सम्भावना नरहेको बताएका थिए । ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि साथमा रहनुभएको थियो । ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिँदै हुनुहन्छ । ओलीलाई विश्वासको मत नदिने निर्णय कांग्रेसले गरेको भोलिपल्ट प्रधानमन्त्री प्रमुख विपक्षी दलका नेतालाई भेट्न जानुभएको हो ।

बुधबार मात्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाका नेताहरुको बैठक बसी बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा थापाका विरुद्धमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णयसमेत गरिसकेका छन् । निर्वाचन आयोगले वाग्मतीमा जेठ ६ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू