अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

नेपालमा अहिलेसम्मकै उच्च कोरोना संक्रमण, देशभर ५ हजार ७ सय ६३ जनामा सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७८ वैशाख १८ गते ७:५१ मा प्रकाशित

नेपालमा शनिवार अहिलेसम्मकै उच्च कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ६३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९ सय ६९ जनाका पिसिआर र ५ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनालाई सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित हुनेको सख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

हाल नेपालमा सक्रिय सङ्क्रमितको सख्ंया ४३ हजार २१३ पुगेको छ । आज देशभर १ हजार २ सय ८७ जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८२ हजार ३ सय ८२ सङ्क्रमित निको भइसकेका छन् । देशभर ६७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने सङ्क्रमितको संख्या ३ हजार २ सय ९८ पुगेको छ । सङ्क्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू